कांग्रेस संस्थापन समूहबाट बस्नेतले नै विद्रोह गर्दै

- September 29, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं। सत्ता गठबन्धन अनुसार आगामी मंसिर ४ गते हुने भनिएको संघ तथा प्रदेशको चुनाबमा सवैभन्दा बढी विद्रोह नेपाली काँग्रेसभित्र हुने भएको छ । गत सातादेखि खुलेर शेखर कोईराला पक्ष र शेरबहादुर देउवा पक्षबीच आरोप प्रत्यारोप हुदै आएकोमा संस्थापकबाटै केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले विद्रोह गर्ने अन्तिम तयारी समेत गरेको बुझिन आएको छ । कांग्रेसका नेता तथा पुर्वसूचनामन्त्री बस्नेतले सिन्धुपाल्चोक १ मा गठबन्धनको उम्मेदवार आफैं भएको बताउदै आएपनि अन्त्यमा सो क्षत्रे माओबादी केन्द्रको भागमा परेकाले बिद्रोह गर्ने तयारी गरेको उनी निकट एक सदस्यले बताएका छन् ।

पछिल्लो समयमा नेता बस्नेतले क्षेत्रनम्बर १ मा बढी केन्द्रीत भएर विभिन्न विकास निर्माणको काम गरेको र सोही अनुसार सो क्षेत्रमा बस्नेतलाई उम्मेदबारी दिएमा यस पटक काँग्रेसले चुनाब जित्ने दाबी उनको रहेको छ । तर, सो क्षेत्रमा अधिल्लो निर्वाचनमा माओवादी केन्द्रले नेकपा एमालेको बलमा जितेको थियो । तत्कालिन समयमा एमाले र माओबादी केन्द्रको साँठगाँठमा अग्नीप्रसाद सापकोटाले निर्वाचन जितेको हो।

सिन्धुपाल्चोक १ मा गठबन्धनको उम्मेदवार गर्दै आएका बस्नेतलाई सोही जिल्लाको २ नम्बर क्षेत्रमा उम्मेदबारी दिन काँग्रेस केन्द्रीय कार्यालयबाट दवाव दिएपछि बस्नेतले विद्रोह गर्ने अन्तिम तयारी गरेका हुन ।  उनले अप्राकृतिक गठबन्धन र गलत तरिकाले सिट बाँडफाँट गरेमा विद्रोह गर्नुको विकल्प नभएको बताएका छन् । नेता बस्नेतल दुई नम्बर क्षेत्रमा उम्मेदबारी भएपनि उनको जीत नहुने पक्कापक्कि भएको छ । कारण सो क्षेत्रमा काँग्रेस तेस्रो पार्टी हो भने पहिलोमा एमाल, दोस्रोमा राप्रपा, चौथोमा माओबादी केन्द्र रहेको छ ।

यसरी सो क्षेत्रमा काँग्रेस र माओबादी केन्द्रका सवैले मत हालेपनि एमालेलाई जित्न नसक्ने अबस्थामा रहेको छ । तर, सो निर्वाचनमा एमाले र राप्रपा बी च तालमेल गरेर चुनाबमा जानेभएका छन् । राप्रपाका एक सदस्यका अनुसार एमाले र राप्रपाबीच समिकरण गरेर संघमा एमालेको उम्मेदबारलाई सहयोगर्ने र प्रदेशमा एमालेले राप्रपालाई सहयोग गरेर निर्वाचनको कार्यक्रम तय हुदै गरेको बताएका छन् । स्मरण रहोस गएको निर्वाचनमा पनि राप्रपाले काँग्रेससंग तालमेल गरेका कारण प्रदेशमा एक सिट काँग्रेसले जित्न सफल भएको थियो ।

तर काँग्रेसले राप्रपालाई भोट नहालेर असहयोग गरेको भन्दै यस पटक राप्रपा काँग्रेससंग मिल्ने सम्भाबना न्यून रहेको छ । भने राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्सेर राणा समानुपातिकको बन्द सूचीमा नाम भएकाले उनी प्रत्यक्ष निर्वाचनमा उम्मेदबार नहुने भएका छन् । यसरी गरेको गठबन्दनकै कारण सिन्धुपाल्चोकबाट सवै सिट काँग्रेसले गुमाउने पक्किापक्कि भएको छ भने एमालेले दुवै क्षेत्रनै जित्ने प्रायः निश्चित भएको छ । प्रदेशमा राप्रपाले बढी सिट जित्ने अबस्था रहेको देखिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!