विश्व बजारमा तेलको मूल्य घट्दा नेपालमा बृद्धि !!!

- September 25, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएको अबस्थामा नेपालमा भने झनझन बृद्धि हुदै गएको छ । यसअघि, प्रतिब्यारेल १३० अमेरिकी डलरसम्म पुगेको कच्चा तेलको मूल्य अहिले प्रतिब्यारेल ८६ डलरसम्म आइपुगेको छ । ओयल प्राइस डटकमका अनुसार ब्रेन्ट कच्चा पदार्थको मूल्य आज ८६.१५ प्रतिब्यारेल छ ।

यो ४.३१ प्रतिशतको गिरावट जनाएको छ । यसैगरी, डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८.७४ डलरमा आइपुगेको छ । डब्लूटीआई कच्चा तेलको मूल्य पनि ४ दशमलव ७५ प्रतिशतले घटेको ओयल प्राइसले जनाएको छ । यसैगरी, प्राकृतिक ग्यास, ग्यासोलिन लगायत सबै प्रकारका कच्चा तेलको मूल्यमा परि भारी गिरावट आएको छ ।

यसअघि, प्रति ब्यारेल १०० अमेरिकी डलरसम्म रहेको कच्चा पदार्थको मूल्य घटेसँगै यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने पर्नु पर्नेमा ठिक त्यसको उल्टो झन बृद्धि गर्ने तयारीमा नेपाल आयल निगम रहेको बुझिन आएको छ। भारतले नेपाललाई प्रत्येक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ ।

सोही अनुसार केही दिन तेलको मुल्य घटेर आएको सूची पठाएको भएपनि मुल्य नघटाई झन बृद्धि गरेको थियो । यसरी नेपाल आयाल निगमभित्र हुने अबैधधन्दा र चुहावटका साथै अनाबश्यक सेवा सुविधाका अलवा तेल समेत कर्मचारीबाटै चोरी पैठारी गरेर भारतको विहार लगी बेच्ने गरेका कारण पनि आयल निगम घाटामा गएको प्रष्ट भएको छ । यसरी निगमभित्र भएको अबैधधन्दा नियन्त्रण गर्नेभन्दा पनि उल्टो मुल्य बृद्धि गरेर उपभोक्ताहरुमाथी भार बोकाउदै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!