खानेपानी तथा सरसफाइको छुट्टै ऐन बनाउने छौ : खानेपानीमन्त्री चौधरी

- September 19, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री उमाकान्त चौधरीले गुणस्तरीय पानी उत्पादन गरेर विदेश निर्यात गर्ने गरि उद्योगीहरु लाग्न र त्यसको तयारी गर्नमा लाग्न आग्रह गरेका छन् । मन्त्री चौधरीले नेपाल बोटल वाटर उद्योग संघको १२ औँ बार्षिक साधारण सभामा सो कुरा बताएका हुन ।

उनले पानी उद्योगीहरुका जायज मागहरुलाई अध्ययन गरेर समधान गार्नेतर्फ पनि विशेष भुमीका खेल्ने कुरा सो कार्यक्रममा बताएका छन् । मन्त्री चौधरीले अझै बनाउँन बाँकी नीति तथा ऐनलाई पुर्णता दिन र कार्यान्वयनमा ल्याउन मन्त्रालय स्तरबाटै विशेष पहल समेत गर्ने बचन सो कार्याक्रममा दिएका छन् ।

उनले नेपालमा खानेपानी तथा सरसफाइको छुट्टै ऐन नै नभएको अवस्थामा खानेपानी तथा सरसफाइ विधेयक २०७७ ल्याएर दुबै संसदबाट पारित गर्नु परेको स्पष्ट पारे । उनले भने,‘ऐन आएको छ हामीले गुणस्तरीय र स्वच्छ पानी उत्पादन गरेर आम नागरिकलाई पु¥याउन सक्छौं ।’

संघका अध्यक्षका अध्यक्ष ध्रुव गौतमले खाद्य स्वच्छता ऐन व्यवसायीमैत्री नभएको र सो ऐनलाई तत्काल सच्याउन मन्त्री चौधरीसमक्ष माग गरेका छन् । उनले अति आवश्यक वस्तुका रूपमा रहेको पानी व्यवसायीलाई ऐनले अपराधीको रूपमा हेरेकाले अबिलम्ब ऐन खारेज गरेर नयाँ ऐन बनाउन सरकारले सहयोग गर्नु पर्ने समेत बताएका छन् । अध्यक्ष गौतमले ट्राफिक प्रहरीले पानी व्यवसायीलाई दुःख दिने गरेको गुनासो गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले पानी व्यवसायलाई राज्यले बेवास्ता गरेको आरोप लगाए । संघका बरिष्ठ उपाध्याक्ष बिक्रम लिम्बु चेमवोङले समेत अहिले बजारमा भएका समस्या र उपभोक्तालाई गुणस्तरिय पानी उपलव्ध गराउने कार्यमा सरकारले पनि यस उद्योगलाई प्राथमिकतामा राखेर आबश्यक सामानको आयातमा भन्सार सहुलियत दिन सरकारसंग माग गरेका छन् ।

विसं २०६५ सालमा स्थापित नेपाल बोटल वाटर उद्योग संघको १२ औँ बार्षिक साधारण सभामा देशभरबाट सो संघमा अबद्ध भएका पानी उत्पादन गर्ने उद्योगीको सहभागी रहेको थियो । यसैगरी सोही अबसरमा संघले खानेपानी तथा सरसफाईमन्त्री चौधरीलाई सम्मान समेत गरेको जनाएकोे छ । खानेपानीको विकास र विस्तारमा योगदान पु¥याएको भन्दै संघको १२ औँ वार्षिक साधारण सभामा मन्त्री चौधरीलाई सम्मान गरिएको अध्यक्ष गौतमले बताएका छन् ।

खानेपानीको विकास र विस्तारमा नेपालमा पहिलो पटक खानेपानी तथा सरसफाइ विद्येयक २०७७ पारित गरेर राम्रो काम गरेको र पानी उद्योगीहरुलाई समेत राहत हुने नियम आएको र उक्त नियम बनाउने पहिलो मन्त्री बनेको भन्दै सो सम्मान गरेको जनाएको छ । सोही कार्यक्रममा नेपालबाट गतवर्ष ३० करोड रुपैयाँभन्दा बढीको पानी विदेश निर्यात भएको दाबी समेत सो संघले गरेको छ ।

संघका अनुसार आर्थिक वर्षं २०७८ /०७९ मा नेपालबाट ३० करोडको पानी निर्यात भएको दाबी गरेको छ । कार्यक्रममा अधिकाशंले खानेपानीको गुणस्तर मापन गर्न खाद्य गुणस्तर विभागले लिँदै आएको शुल्क महंगो भएको र त्यसलाई घटाउन समेत माग गरेका छन् ।

नेपालबाट चीन, हङकङ, कतार, दुबई, अमेरिका, अस्ट्रेलिया लगायतका देशमा पानी बिक्रीवितरण हुँदै आएको संघको दाबी रहेको छ ।बोट्लर्स नेपाल कम्पनी तराईबाट उत्पादित ‘किन्ले’, रसुवा ब्रान्डको ‘हिमालयन अनटप’, वेभ नेपाल प्रालिबाट उत्पादित ‘नेपाल स्प्रिङ’ लगायतका पानी विदेशमा निर्यात हुँदै आएका बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!