काठमाडौं १ मा प्रकाशमानका विरुद्ध उम्मेदबारी दिनेको लामो सूची

- August 7, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति घोषणा भएसंगै देशभर चुनावी सरगर्मी बढेको छ । दलहरु उम्मेदवार चयन र चुनावी तालमेलको गृहकार्यमा समेत जुटिसकेका छन । कतिपय नेताहरुको निर्वाचन क्षेत्र परिवर्तन हुने पक्कापक्कि भएको छ । अधिकांश नेताहरु पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा गृहकार्य गरि रहेकै समयमा उनीहरुका विरुद्धमा विभिन्न व्यक्तीदेखि दलका कार्यकर्ताहरुले उम्मेदवारी दिने तयारीमा रहेका छन ।

मुलुककै राजधानी काठमाडौंमा चुनावी चहलपहल ह्वात्तै बढेको छ । सबैजसो निर्वाचन क्षेत्रमा राजनीतिक दल, नेताहरु र उम्मेदवारका दावेदारहरुले आन्तरिक छलफल र लबिङ तीव्र पारेका छन । सर्वाधिक चासो रहेको काठमाडौं क्षेत्र नम्बर १ मा चारपक्षीय भिडन्त हुने देखिएको छ ।

यहाँ नेपाली कांग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), स्वतन्त्र उम्मेदवार र सुशासन पार्टीको नाम दिएर मुख्य प्रतिष्पर्धाका रुपमा देखा पर्ने भएका छन् । सो क्षेत्रमा नेपालीका कांग्रेसका प्रकाशमान सिंह, राप्रपाका शोभित उप्रेती, स्वतन्त्र उम्मेदवार पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेलले उम्मेदवारी दिने तयारी गरेको देखिएको छ ।

चुनावमा यी चारजनाकै बिचमा प्रतिष्पर्धा हुने देखिएको छ । यो निर्वाचन क्षेत्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र कमजोर रहेको क्षेत्र हो । एमाले र माओवादी केन्द्रले अन्य दलसंग गठवन्धन गरेर जाने मनस्थिति बनाएका छन । एमालेले राप्रपाका उम्मेदवारलाई सघाउने बुझिएको छ ।

गठवन्धनको निर्णय अनुसार माओवादी केन्द्रले कांग्रेसलाई सघाउने देखिएपनि कांग्रेस भित्रको अन्तरकलहका कारण सिंहलाई घात हुने अबस्था समेत सृजना भएको छ । नेकपा एमालेले राप्रपालाई सघाउने स्थितिमा शोभित उप्रेती निर्वाचित हुने देखिन्छ । उप्रेतीलाई टिकट दिन अध्यक्ष राजेन्द्र लिङ्देनसहित पूर्व अध्यक्ष पशुपतिशम्शेर राणा सकारात्मक देखिएका छन ।

नेकपा माओवादी केन्द्रकातर्फबाट यसअघिका उम्मेदवार अनील शर्मा पनि उप्रेतीप्रति सकारात्मक देखिन्छन । स्वतन्त्र उम्मेदवार पुकार बमको चर्चा भैरहेको भएपनि चुनावै जिती हाल्ने स्थिति देखिदैन । दलिय सिण्डिकेट तोडन उनलाई समस्या छ । प्रहरी सेवाबाट अबकाश भएका रमेश खरेलको व्यक्तिगत चर्चा र लोकप्रियता भएपनि संगठन बलियो नहुँदा खासै प्रभाव देखिदैन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!