नागरिक लगानी कोषले अनलाईन प्रणालीबाट रकम दाखिला गर्ने

- July 4, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नागरिक लगानी कोषले अनलाईन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीहरुको रकम दाखिला गर्ने भएको छ । कोषले सम्बन्धित सोझै सहभागी कर्मचारीहरुको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको हो ।

यो सुबिधा सीजीएस प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयहरूले उपभोग गर्न सक्ने बताइएको छ । यसरी रकम जम्मा गर्दा कोषको कर्मचारीले अप्रुभ गर्ने बित्तीकै सम्बन्धित कर्मचारीको खातामा रकम जम्मा हुनेछ । तत्कालका लागि यो सुबिधा कोषको कर्मचारी बचत बृद्धि अवकाश योजनामा सहभागी भएका कर्मचारीहरुको कार्यालयहरूले पाउनेछन् ।

ती कार्यालयहरूले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने कट्टी रकम अब एनसीएचएलका सबै सदस्य बैंक–वित्तीय संस्थाहरूबाट पठाउन सक्नेछन् । कर्पोरेट पे सुविधा लिएका कार्यालयहरूले भने यसकै प्रणाली मार्फत आफैले भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । यस प्रणाली अनुसार सबै कार्यालयहरूले रकम दाखिला गर्न चाहने सम्बन्धित कार्यालयले आफ्ना कर्मचारीहरुको नाम थर र कोषले प्रदान गरेको परिचय नं  समेतको विवरण कोषको ई–सर्भिस पोर्टलमार्फत चढाई सो विवरणलाई सब्मिट गर्नुपर्छ ।

यसपछि, प्राप्त हुने सबमिसन नम्बर तथा अफिस कोडसहितको प्रिन्ट आउट लिई आफ्नो कारोबार गर्ने बैंकमा सम्पर्क गर्नुपर्छ । यसपछि उक्त बैंकले सब्मिसन नम्बर तथा अफिस कोडका आधारमा बैंकमा रहेको रकम जम्मा गरिदिने छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!