March 6, 2025, 7:51 pm
» पूर्वराजा लक्षित प्रचण्डको टिप्पणी- सामन्ती प्रेतहरूले टाउको उठाउन खोजे जनताले समाप्त पार्नेछन् » Buddha Air flight lands safely in Kathmandu despite missing nose wheel » कुलमानलाई सरकारले सोध्यो चार बुँदे स्पष्टीकरण » काठमाडौं उडेको बुद्ध एयरको जहाजको पाङ्ग्रा जनकपुरमै छुट्यो » उपकुलपति नियुक्तिमा स्वार्थ हाबी भएको भन्दै नेविसंघ आक्रोशित

उपकुलपति नियुक्तिमा स्वार्थ हाबी भएको भन्दै नेविसंघ आक्रोशित

फाल्गुन २२, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति नियुक्तिमा संस्थागत स्वार्थ हाबी भएको भन्दै नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघले आन्दोलनको चेतावनी दिएको छ ।

विश्वविद्यालय नेतृत्व छनौटमा संस्थागत स्वार्थको प्रभाव देखिँदा योग्य र सक्षम नेतृत्व चयनमा अन्योलता सिर्जना भएको जनाउँदै काँग्रेसी विद्यार्थीहरुले आफ्नै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

आज विज्ञप्ति जारी गर्दै नेविसंघ डेढ महिनादेखि विश्वविद्यालय नेतृत्वविहीन रहँदा शैक्षिक तथा प्रशासनिक गतिविधि अस्तव्यस्त हुनुका अधययन-अध्यापनमा प्रत्यक्ष असर परेकोले छनौट प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्याउन माग गरेको छ ।

‘नेविसंघले विश्वविद्यालयको चिकित्सा शिक्षा तथा उपकुलपति छनौट प्रक्रियालाई शीघ्र निष्कर्षमा पुर्याउन जोडदार माग गर्दै राजनीतिक वा संस्थागत हस्तक्षेप बन्द गर्न चेतावनी दिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा, नेविसंघ चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुनेछ र त्यसको सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय प्रशासनले लिनुपर्ने छ ।’

साथै, २०७७ सालमा नयाँ भीसी आवश्यक भन्ने प्राध्यापक संघ अहिले उही भीसी दोहोर्याउने पक्षमा उभिँदै विश्वविद्यालयको गरिमा गिराउने कार्यमा लागेको नेविसंघको ठहर छ । सो कार्य शैक्षिक संस्थाको मर्यादाविपरीत रहेको र यसले विश्वविद्यालय प्रशासनको निष्पक्षता र पारदर्शीतामाथि गम्भीर प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया