September 21, 2024, 3:27 am
» नागढुङ्गा-नौबीसे-मलेखु-मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति » सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ » रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी » राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस » ४५ दिनपछि ‘दलितलाई खै ?’ आन्दोलन स्थगित

नहरले बगाएर तथा डुबेर चार जनाको मृत्यु

साउन १३, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं, मोरङ, बुढीगंगा गाउँपालिका-७ मदनपुर बस्ने ७० वर्षीय साजुलाल चौधरीको सोही ठाउँस्थित चतरा नहरले बगाएर शनिबार दिउँसो मृत्यु भएको छ ।

नुहाउने क्रममा बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको हो ।

सुर्खेत, बिरेन्द्रनगर नगरपालिका-९ पर्सेनी बस्ने मान बहादुर चौधरीकी छोरी ८ वर्षीया करूणा चौधरीको घर नजिकै रहेको खोल्सामा डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।

रौतहट, वृन्दावन नगरपालिका-४ हरैया पल्टुवा बस्ने बिरेन्द्र साहको छोरा २ वर्षीय आशिक साहको सोही ठाउँस्थित कुलोमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको चपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, झापा गाउँपालिका-१ सालमारा बस्ने चिकु मियाको छोरा १० वर्षीय मोहमद दिलसाद मिया सोही ठाउँस्थित पानी जमेको खाल्डोमा डुबी मृत्यु भएको अवस्थामा शनिबार फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया