February 28, 2025, 11:18 pm
» विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेको छैन : परराष्ट्रमन्त्री राणा » नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने डा. प्रकाशशरण महतको घोषणा » त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा » प्रक्रियागत कारणले रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन्- गृहमन्त्री लेखक » अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी हुन्- विजुक्छें

विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेको छैन : परराष्ट्रमन्त्री राणा

फाल्गुन १६, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन्।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औं उच्चस्तरीय सत्रमा भाग लिई शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसके पनि रिहाइका लागि भने पहल गरिरहेको बताएकी हुन्।

हमासको कब्जामा नेपाली रहेको भए रिहाइका हुने आश्वासन अन्तर्राष्ट्रिय जगतबाट पाएको उनले बताइन्। विपिनको रिहाइका लागि अधिकतम कुटनीतिक पहल गरेको उल्लेख गरिन्।

त्यस्तै उनले उच्चस्तरीय सत्रमा नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन आग्रह गरिएको जानकारी दिइन्। मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपालको प्रतिवद्धताका विषयमा जानकारी गराइएको उनले बताइन्।

उनले जेनेभामा रहँदा विभिन्न देशका विदेशमन्त्रीहरूसँग महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको जानकारी दिइन्। मन्त्री डा. देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी थिइन्।

प्रतिक्रिया