February 28, 2025, 11:04 pm
» विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेको छैन : परराष्ट्रमन्त्री राणा » नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने डा. प्रकाशशरण महतको घोषणा » त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा » प्रक्रियागत कारणले रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन्- गृहमन्त्री लेखक » अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी हुन्- विजुक्छें

त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा

फाल्गुन १६, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काठमाडौँ । त्रिभुवन आर्मी क्लब जारी केपी ओली कपको फाइनलमा पुगेको छ । शुक्रबार दशरथ रंगशालामा सम्पन्न खेलमा त्रिभुवन आर्मीले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
त्रिभुवन आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले एक एक गोल गरेका थिए । नवयुगले खेलको आठौ मिनेटमा नै गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाएका थिए भने दिनेशले खेलको ६६औ मिनेटमा पेनाल्टीमार्फत आर्मीको अग्रता दोब्बर पारेका थिए । त्यस्तै संकटाको लागि खेलको इन्जुरी समयमा विशन गुरुङले गोल गरेका थिए ।
अब त्रिभुवन आर्मी क्लबले फाइनलमा दोस्रो सेमिफाइनलका केपी ओली एफसी र  मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ ।
प्रतियोगिताको फाइनल खेल सोमबार हुदै छ ।

प्रतिक्रिया