February 28, 2025, 7:21 pm
» विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेको छैन : परराष्ट्रमन्त्री राणा » नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने डा. प्रकाशशरण महतको घोषणा » त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा » प्रक्रियागत कारणले रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन्- गृहमन्त्री लेखक » अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी हुन्- विजुक्छें

बेल्जियमको नर्सिङ होममा छुरा प्रहार गरी कम्तीमा दुई जनाको हत्या

फाल्गुन १६, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

ब्रसेल्स,  : बेल्जियमको एक नर्सिङ होममा बस्ने दुई जना वृद्धको छुरा प्रहार गरी हत्या गरिएको छ ।

आक्रमणमा संलग्न रहेको आशङ्कामा सोही नर्सिङ्ग होमका एक वृद्धलाई पक्राउ गरिएको बेल्जियमका मेयर कोएनराड डेग्रोटेले शुक्रबार बताउनुभयो ।

पश्चिमी बेल्जियमको डेन्टर्जेममा भएको आक्रमणपछि अस्पतालमा उपचाररत अर्का एक वृद्धले आफ्नो ज्यान जोगाउन सङ्घर्ष गर्नुपरेको बताएका नगरपालिका प्रमुखले एएफपीलाई बताउनुभयो ।

नगर प्रमुखका अनुसार मृत्यु हुनेमा सबै ९० वर्षका रहेका छन् ।

डेग्रोटेका अनुसार संदिग्ध आक्रमणकारी पनि नर्सिङ होममा बस्ने ९० वर्षका एक बासिन्दा थिए ।

स्थानीय अभियोजकको कार्यालयले एएफपीलाई दिएको जानकारीमा दुई जनाको हत्यापछि एक जनालाई पक्राउ गरिएको र आक्रमणमा घाइते भएका अर्का एक जना अस्पतालमा रहेको पुष्टि गरेको छ ।

घटनाको कारण तत्काल खुल्न नसकेको र अनुसन्धानपछि जानकारी गराउने स्थानी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया