February 28, 2025, 7:42 pm
» विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेको छैन : परराष्ट्रमन्त्री राणा » नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने डा. प्रकाशशरण महतको घोषणा » त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा » प्रक्रियागत कारणले रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन्- गृहमन्त्री लेखक » अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी हुन्- विजुक्छें

रास्वपाको काठमाडौका ४१ वडाका २९५ निर्वाचित सदस्यहरुलाई एकैसाथ शपथ

फाल्गुन १६, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौँ । काठमाडौ जिल्लाका ४१ वडामा अधिवेशनबाट निर्वाचित २९५ पदाधिकारी तथा सदस्यहरूको एकैसाथ शपथ ग्रहण भएको छ ।
वडा अधिवेशनको निर्वाचन आयुक्तको हैसियतले जिल्ला सभापति प्रदीप बिष्टले निर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।
काठमाडौँ जिल्लाको कुल १३८ वडाहरूमध्ये ८१ वटा वडामा वडा अधिवेशन सम्पन्न भइसकेको रास्वपाले जानकारी दिएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयम सम्पन्न शपथ ग्रहणमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल, कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी, संददीय दलका उपनेता विराजभक्त श्रेष्ठसहित केन्द्रीय सदस्य र सांसदहरू उपस्थित थिए ।

प्रतिक्रिया