February 28, 2025, 6:20 pm
» विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन सकेको छैन : परराष्ट्रमन्त्री राणा » नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने डा. प्रकाशशरण महतको घोषणा » त्रिभुवन आर्मी केपी ओली कपको फाइनलमा » प्रक्रियागत कारणले रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन्- गृहमन्त्री लेखक » अहिलेसम्मका प्रधानमन्त्री र अर्थमन्त्रीहरु अपराधी हुन्- विजुक्छें

कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान

फाल्गुन १६, २०८१ मा प्रकाशित | २४०दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रिय महिला टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा आफ्नो क्लब ड्युटीका लागि प्रस्थान गरेकी छिन् ।
एन्जिला ग्रिसको निस एट्रोमिटौ क्लबबाट खेल्ने गर्दछिन् । उनलाई विमानस्थलमा एन्फा केन्द्रीय सदस्य पेमा डोल्मा लामा, प्रवक्ता सुरेश शाहलगायतले बिदाइ गरेका थिए ।
यस अघि विहिबार राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड रेखा पौडेल र सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप पछि आ-आफ्नो क्लबमा फर्किएका थिए ।
पौडेल युएईको आबु धाबी कन्ट्री क्लबबाट व्यावसायिक फुटबल खेल्छिन भने साम्बा फ्रान्सको महिला लिग क्लब इ ए गुइङ्ग्याम्पबाट खेल्ने गर्दछिन् ।

प्रतिक्रिया