February 28, 2025, 10:19 am
» ६.१ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कति क्षति भयो ? » जनतामा निराशा किन बढ्यो भन्ने प्रश्नमा गगन थापाले के भने ? » स्ववियु निर्वाचनबारे त्रिविको १३ बुँदे निर्देशन » कप्तान एन्जिला क्लब ड्युटीका लागि प्रस्थान » काठमाडौं अवतरण हुन सकेन परराष्ट्रमन्त्री सवार जहाज

५५ बर्षिया ‘बुलेट आमा’ को सहासलाई काठमाडौँ महानगरको सम्मान

फाल्गुन १५, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुलेट आमा शुशिला उप्रेती तिवारीको बुलेट मोटरसाइकल यात्राको प्रशंशा गरेको छ । आज उपप्रमुख सुनिता डंगोलले उनलाई प्रशंशा पत्र प्रदान गर्दै आगामी अन्तरदेशीय यात्रा सफलताको शुभकामना दिइन् ।
त्यस क्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपानेले मायाको चिनो प्रदान गरेका थिए । यस्तै  प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले खादा ओढाएका थिए ।
प्रशंसा प्रदान गर्दै उपप्रमुख डंगोलले, तिवारीको मोटरसाइकल यात्रा सहासी नेपाली महिलालाई प्रतिनिधित्व गर्ने सन्देश भएको उल्लेख गरिन् । नेपाली महिलाहरुले लगाउने गुन्युचोली लगाएर ५५ वर्षको उमेरमा मोटरसाइकलबाट यात्रा गर्नु अरु
महिलाहरुका लागि केही नयाँ गर्न सकिन्छ भन्ने उत्प्रेरणा हो । उनको भनाइ थियो ।
झापाको बुधबारे बसोबास गर्ने तिवारी ५५ वर्षकी छन् । नेपाली महिलाको राष्ट्रिय पोशाक ‘गुन्युचोली’ लगाएर विश्वशान्तिको कामना गर्दै उनले गएको भदौ ५ गते मेचीबाट मोटरसाइकल यात्रा थालनी गरेकी थिइन् । नवौँ दिनको मध्यान्नमा सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको गड्डाचौकीमा पुगेर त्यस चरणको यात्रा समापन गरेकी थिइन् । विगत यात्रा र आगामी योजनाका विषयमा जानकारी दिँदै उनले भने, ‘सहासी र शसक्त नेपाली महिलाको पहिचान प्रवर्धन गर्न अब भारत, बंगालादेश, मलेसिया हुँदै थाइल्याण्डसम्म यात्रा गर्नेछु । यात्राका क्रममा भेटिने हरेक व्यक्ति र समुदायको सहयोग लिएर यात्रा सम्पन्न गर्ने योजना छ ।’

प्रतिक्रिया