September 19, 2024, 11:47 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

बेचन झालाई पक्राउ गर्ने डिआइजी केसीको सरूवा

साउन १३, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीलाई सरूवा गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका फरार रहेका बेचन झालाई पक्राउ गर्ने केसीको गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट सरुवा गरिएको हो । उनलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज पठाइएको छ भने प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई ब्युरोमा पठाइएको छ ।

केसीको दुई महिना नबित्दै सरूवा गरिएको हो । केसी र अधिकारी गत जेठ ४ गते सँगै बढुवा सिफारिसमा परेका थिए । बढुवा हुनुअघि केसी नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा कार्यरत थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा र प्रतीक थापालाई पक्राउ गर्न केसीको भूमिका थियो । दुवैलाई असार १४ गते शुक्रबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया