February 24, 2025, 2:04 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति

फाल्गुन १२, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारतको ओडिशास्थित केआआटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा संसद्मा बोल्ने क्रममा रास्वपाका उपसभापतिसमेत रहेका सांसद डा स्वर्णिम वाग्लेले परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै खतिवडाले रास्वपा सांसद वाग्लेले गम फागुन ८ गते बसेको बैठकमा परिवारका सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै उक्त अभिव्यक्ति संसल्को रेकर्डबाट हटाउन माग गरेका हुन् ।
उनले भने- ‘प्रकृतिको दु:खद निधन भयो । संसद्मा कुरा उठ्यो । हामी सबैले उहाँ बहिनीप्रति श्रद्धाञ्जली अर्पण गर्यौ । ८ गते बसेको बैठकमा माननीय स्वर्णिय वाग्लेले परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिनुभयो । उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्दछु ।’
सांसद खतिवडाको उक्त मागप्रति सभामुख देवराज घिमिरेले ध्यानाकर्षण भएको जनाउँदै संसद् सचिवालयका कर्मचारीलाई अध्ययन गर्न र त्यस्तो भएमा सच्याउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया