काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य बीमाको भुक्तानी गर्न सकिदैन भन्ने स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् ।
प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसद कार्कीले जस लिने बेलामा स्वस्थ्य बीमा आफुहरुले ल्याएको हो भन्ने तर अहिले स्वास्थ्य बीमा कार्यक्रमलाई अलपत्र पार्न खोजेको आरोप लगाएकी छन् ।
उनले भनेकी छन्- ‘अनिवार्य रुपमा सबैको स्वास्थ्य बीमा कार्यक्रम शुरु गरौँ र यसको शुरुवात मन्त्री र मन्त्रीको सचिवालयबाट शुरु गरौँ । देश भरका २ करोड ९१ लाखले स्वास्थ्य बीमा गर्ने हो भने बर्षमा २० अर्ब रकम उठ्छ ।’
प्रतिक्रिया