February 24, 2025, 1:16 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

ब्यारेकमै मृत भेटिएकी सशस्त्रकी इन्स्पेक्टर महतको घटना छानबिन गर्न समिति गठन

फाल्गुन १२, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

काठमाडौं,  । आइतबार पोखरास्थित हुल तथा दंगा व्यवस्थापन शिक्षालयमा मृत फेला परेकी सशस्त्र प्रहरी बल नेपालकी इन्स्पेक्टर सन्तोषी मतहको घटना छानबिनका लागि प्रहरीले छानबिन टोली गठन गरेको छ ।

सोमबार राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।

सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको स्रोतले जनाएको छ । शनिबार राती महत ब्यारेकको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन् ।

२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् ।

त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार महतको सशस्त्रकै १६ बेसिकका एक इन्स्पेक्टरसँग प्रेम सम्बन्ध थियो ।

तर, प्रेममा दरार आएपछि उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । परिवारले ती इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएका छन् ।

उनको शव अहिले परिक्षणका लागि काठमाडौं ल्याईएको छ । सिन्धुपाल्चोककी महतका बाबु आमा हाल अष्ट्रेलियामा छन् । उनीहरु नेपाल आएपछि अन्त्येष्टि गरिने स्रोतले जनाएको छ ।

प्रतिक्रिया