February 24, 2025, 12:01 pm
» न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal » नेप्सेमा सामान्य वृद्धि » एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकका निर्णय सार्वजनिक (पूर्णपाठ) » बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा: मन्त्री दाहाल

भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग

फाल्गुन १२, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडौँ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भलिबल खेलाडी १९ वर्षीय सूर्य विकको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
राष्ट्रिय खेलाडी कल्याणकारी कोषका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सूर्य विकका दाजु सन्तोष विकलाई ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्दै सूर्य विकको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
श्रीलंकाको कोलम्बोमा गत असोज १९ देखि २६ गतेसम्म भएको यु–१९ पुरुष भलिबल प्रतियोगिता खेल्ने क्रममा सूर्य विक घाइते भएका थिए ।

प्रतिक्रिया