February 23, 2025, 9:19 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

हारबाट बच्यो म्यानचेस्टर युनाइटेड, कम्ब्याक गर्दै एभर्टनसँग बराबरी

फाल्गुन १०, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एभर्टनसँग बराबरी खेलेको छ ।
शनिबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र एभर्टन २-२ गोलको बराबरी खेलेका हुन् ।
पहिलो हाफमा २-० गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले खेलको दोस्रो हाफमा २ गोल गर्दै खेलमा पुनरागमन गरेको थियो । म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेज र मानुएल उग्राटले एक एक गोल गरेका थिए । त्यस्तै एभर्टनका लागि बेटो र अबडोउलाय डोउकोउरले एक एक गोल गरेका थिए ।
यो बराबरीपछि एभर्टनको २६ खेलमा ३१ अंक भएको छ र म्यानचेस्टर युनाइटेडको २६ खेलमा ३० अंक भएको छ ।

प्रतिक्रिया