February 23, 2025, 8:58 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

अमेरिकामा अन्डाको हाहाकार, टर्कीले दिने भयो ७०० कन्टेनर अन्डा

फाल्गुन ९, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

इस्तानबुल,  । अमेरिका अहिले गम्भीर रूपमा अण्डाको संकटबाट गुज्रिरहेको छ ।

बर्ड फ्लुको प्रकोपका कारण लाखौं कुखुरा मरेका कारण अमेरिकामा अण्डाको मूल्य एक्कासी आकाशिएको छ ।

सुपरमार्केट अण्डा नभएर खरिदमा खाली भएका छन भने र रेस्टुरेन्ट मालिकहरूले उनीहरूको मेनु परिवर्तन गर्न बाध्य भइरहेका छन्।

यो संकटका बीच टर्कीले अमेरिकालाई १५ हजार टन अण्डा दिने निर्णय गरेको छ । टर्किको अण्डा उत्पादक केन्द्रीय संघका अध्यक्षले निर्यात प्रक्रिया सुरु भएको र जुलाईसम्म जारी रहने बताएको छ । दुई टर्की कम्पनीहरूले यो सम्पूर्ण आपूर्ति ह्यान्डल गर्नेछन्। उनीहरूका अनुसार जुलाइ सम्ममा कुल ७०० कन्टेनर अण्डा अमेरिका पठाइने भएको छ।

अमेरिकामा बर्ड फ्लुको प्रकोप सन् २०२२ देखि जारी छ र हालसम्म १६.२ करोडभन्दा बढी कुखुरा, टर्की र अन्य चराचुरुङ्गीहरू यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । पछिल्लो समय अकस्मात बढ्दै गएको घटनाले अण्डाको अभाव झनै बढेको छ । युएस डिपार्टमेन्ट अफ एग्रीकल्चर (युएसडीए) ले यो रोग नियन्त्रण गर्न भ्याक्सिनको भण्डारण गरिरहेको छ तर यसको व्यापक प्रयोग भने अझै सुरु गरिसकेको छैन् ।

अण्डाको अभावलाई सम्बोधन गर्न अमेरिका टर्किजस्ता देशबाट अण्डा आयात गर्न बाध्य भएको छ । यस सम्झौताबाट टर्कीले लगभग २६ मिलियन डलर  कमाउने भएको छ। टर्की पहिले नै संसारमा शीर्ष १० अण्डा निर्यात गर्ने देशहरूमा पर्छ।

प्रतिक्रिया