काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालयको बैठक बिहीबार बस्ने भएको छ । पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने जानकारी दिए ।
बैठकमा छलफलका तीन एजेन्डा तय गरिएको छ । बुर्लाकोटीका अनुसार समसामयिक र पार्टी गतिविधि, नियमावली र कार्यविधिहरु (प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), र्याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१) र सर्वांगीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारी छन् ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा मुछिएपछि कार्यबाहक सभापति डिपी अर्यालको सभापतित्वमा रास्वपाको बैठक बस्दै आएको छ । जसले पार्टी संगठनका विभिन्न निर्णय गर्ने गरेको छ ।
प्रतिक्रिया