February 23, 2025, 8:55 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादी बैठक स्थगित

फाल्गुन ८, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौं । संविधानसभा सदस्य एवं पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधनपछि एकीकृत समाजवादीको बिहीबारका लागि तय भएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
सापकोटाको बिहीबार बिहान ५९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो । उनी एकीकृत समाजवादीका बागमती प्रदेश सहइन्चार्ज पनि थिए ।
एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले बिहीबार बिहान ११ बजेबाट सुरु हुने तय भएको बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको बताए । बैठकका लागि नौवटा कार्यसूची तय गरिएको छ ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दसौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू छन् ।
सापकोटालाई एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको आजै अन्त्येष्टि गर्ने भएको छ ।

प्रतिक्रिया