February 21, 2025, 10:08 pm
» आन्दोलनरत चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच ९ बुँदे सहमति » टिकटकमा प्रतिबन्ध लगाउनेहरू नै अहिले अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन् : प्रधानमन्त्री ओली » अमेरिकाबाट थप दुई नेपाली निष्कासित » बिहेभोजमा झडप, २७ वर्षीय युवकले गुमाए ज्यान » बन्धक सिरी बिबासमाथि नेतान्याहुको ‘धम्की’ हमासद्वारा अस्वीकार

अबको कार्यभार राजनीति स्थिरताको जगमा आर्थिक क्रान्ति : उपप्रधानमन्त्री सिंह

फाल्गुन ७, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

बर्दिया,  ।  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अबको कार्यभार राजनीतिक स्थिरताको जगमा आर्थिक क्रान्ति गर्नु रहेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा कांग्रेस बर्दियाले बुधबार आयोजना गरेको कार्यक्रममा उनले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै यसैलाई समृद्धि बनाउन लाग्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री सिंहले ०७ सालको क्रान्ति कांग्रेसले गरेको चर्चा गर्दै ०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान पनि कांग्रेसकै  नेतृत्वमै जारी भएको भन्दै अबको कार्यभार संविधानलाई संस्थागत गर्दै जनताको जीवन  र जिविकोपार्जन सहज बनाउनु रहेको बताए। ‘प्राप्त गरेको राजनीतिक अधिकारलाई सुरक्षित राखेर राजनीतिक स्थिरताको जगमा अब आर्थिक क्रान्ति गर्ने हो,’ उनले भने । अहिलेको व्यवस्था लामो संघर्ष र बलिदानबाट प्राप्त भएको भन्दै अधिकारसँगै सबैले आआफ्नो जिम्मेवारी पूरा गरेर बलियो बनाउनुपर्नेमा पनि सिंहले जोड दिए ।

अग्रज नेताहरूले आफ्नो समयमा जेलजिवन, यातना, निरवासन र सहिद भएर दिएको अधिकार सुरक्षित गर्ने दायित्व अहिलेको नेतृत्वको काँधमा रहेको भन्दै उहाँले त्यसका लागि कांग्रेसलाई व्यवस्थित बनाउनुपर्ने धारणा राखे । कांग्रेस लोकतान्त्रिक पार्टी  भएकाले आन्तरिक रूपमा लोकतन्त्रको अभ्यास गर्दा अग्रजहरूले सिकाएको राजनीतिक संस्कार आत्मसाथ गर्नुपर्ने सिंहको भनाइ थियो ।
कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका सिंहले ०७ सालको क्रान्तिपछि प्रजातन्त्र स्थापनासँगै नेपालमा शिक्षाको लहर आएको बताए । देशको विकास र समृद्धिका लागि शिक्षा अनिवार्य रहेको महसुस गर्दै कांग्रेस नेतृत्वमा बनेको सरकारले गाउँ गाउँमा विद्यालय पुर्याएको स्मरण गरे । प्रजातन्त्र स्थापनापछि देशभर धेरै विद्यालय स्थापना भएको र त्यसले समाजका हरेक क्षेत्रमा ठुलो परिवर्तन ल्याएको बताए ।

प्रतिक्रिया