February 21, 2025, 9:36 pm
» आन्दोलनरत चिकित्सक संघ र स्वास्थ्य मन्त्रालयबीच ९ बुँदे सहमति » टिकटकमा प्रतिबन्ध लगाउनेहरू नै अहिले अभिव्यक्ति स्वतन्त्रताको हिमायती बनेका छन् : प्रधानमन्त्री ओली » अमेरिकाबाट थप दुई नेपाली निष्कासित » बिहेभोजमा झडप, २७ वर्षीय युवकले गुमाए ज्यान » बन्धक सिरी बिबासमाथि नेतान्याहुको ‘धम्की’ हमासद्वारा अस्वीकार

इन्डिया फाउन्डेसको कार्यक्रममा सहभागी हुन देउवा भारत जाँदै

फाल्गुन ७, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं, । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । इण्डिया फाउण्डेसनले प्रयागराजमा आयोजना गर्न लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ मा सहभागी हुन देउवा देउवा भारत जान लागेका हुन् ।
कुम्भ ग्लोबल समिट प्रयागराजमा शुक्रबार र शनिबार हुने छ । देउवा बिहीबार नै त्यसतर्फ जाने बुढानिलकण्ठ स्रोतले बतायो । देउवा वक्ता रहेको समिटिमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसमेत सहभागी हुँदैछन् ।
समिटमा सहभागी भएपछि देउवा महाकुम्भ मेलामा सहभागी भई गंगा स्नान गर्ने बुझिएको छ । १४ फागुनमा कुम्भ मेला सकिँदैछ । कांग्रेस महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी, प्रवक्ता डा.प्रकाशशरण महतलगायत दर्जनौं कांग्रेस नेता कुम्भ मेलामा सहभागी भएर गंगा स्नान गरेका छन् ।

प्रतिक्रिया