February 23, 2025, 8:52 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

सभामुखले बोल्न दिँदा संसद्‍‍मा गयल देखिइन् सुमना श्रेष्ठ

फाल्गुन ६, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौं,  । सभामुख देबराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठलाइ बोलाए पनि उनी भने सदमा अभिब्यक्ति दिन उपस्थित भइनन् ।

सोमवार सभामुख घिमिरेले बोल्न नदिएको भनेर बैठक छाडेर हिडेकी सांसद श्रेष्ठलाइ आज सभामुख घिमिरेले बोल्नका लागि समय दिएका थिए  तर सांसद श्रेष्ठबाट भने कुनै प्रतिक्रिया दिइनन् ।

सभामुख घिमिरेले ‘माननीय सुमना श्रेष्ठ’ भने तीन तीन पटक उच्चारण गर्दा पनि सांसद श्रेष्ठले बोल्ने समयमा उपस्थित नभए पछि सभामुख घिमिरेले अन्य सांसदलाइ पालो दिएका थिए ।
प्रतिनिधिसभाको जारी बैठकमा शुन्य समयमा नेकपा एमालेका सांसद सुनिता बराल पछि सभामुख घिमिरेले रास्वपा सांसद श्रेष्ठलाइ बोलाएका थिए तर कुनै पनि प्रतिक्रिया नपाए पछि उनले सुशिला श्रीपाइली ठकुरीलाइ पालो दिनु परेको थियो ।

प्रतिक्रिया