February 23, 2025, 9:09 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

राष्ट्रिय सभाले भन्यो– भारतमा मृत्यु भएकी छात्रालाई न्याय र नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर

फाल्गुन ६, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय सभाले भारतमा मृत्यु भएकी छात्रा प्रकृति लम्साललाई न्याय र नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलबारको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले सरकारको ध्यानाकर्षण गराएका हुन् । मंगलबारको बैठकमा आकस्मिक समयमा सांसदहरुले उठाएको भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डष्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विषयले सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यस विषयमा सत्यतथ्य छानविन गरि यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशिघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन् ।
साथै, उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित वातावरणमा निर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि अध्यक्ष दाहालले सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया