काठमाडौं– एमालेका पूर्व नेता तथा मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी ओली जनताप्रति जिम्मेवार नभएको टिप्पणी गरेका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीका कामकारबाही बारे १५ बुँदा उल्लेख गर्दै उनले ओलीका पछिल्ला काम कुराले के देश र जनताप्रतिको जिम्मेवार चरित्र र प्रवृत्तिलाई देखाउँछन् भन्दै प्रश्न गरेका छन् ।
उनले फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई कारबाही गर्नु त टाढाको कुरा स्पष्टीकरणसम्म पनि नसोध्ने, उल्टै राज्य र पार्टीका महत्वपूर्ण पद र अवसर दिने काम गरेको उल्लेख गरेका छन् ।
रावलले पार्टीका घोषित सिद्धान्त, नीति र कार्यक्रम विपरीत वा अमिल्दा काम र कुरा गरिनु हुन्न भन्ने आशयका साथ आलोचना र टिप्पणी गर्ने तथा राष्ट्रिय हितमा आवाज उठाउनेलाई कारबाही डण्डा चलाउने काम गरेको बताएका छन् ।
यस्तो छ १५ बुँदे टिप्पणी–
प्रतिक्रिया