February 23, 2025, 9:50 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु

फाल्गुन ६, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं,  । बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। दक्षिणपश्चिमी जिल्ला योकाल्लामा लगभग ८०० मिटर (२६२५ फिट) तल बस खसेको प्रहरीले जनाएको छ ।
चालकले गाडीको नियन्त्रण गुमाएको हुन सक्ने सम्भावना रहेको बताइएको छ । सडक दुर्घटनामा चार बालबालिकासहित चौधजना घाइते भएको बताएका छन्।
प्रहरी कर्णेल भिक्टर बेनाभिड्सले समाचारमाध्यमलाई दुर्घटना तीव्र गतिका कारण भएको हुन सक्छ, चालकले बस नियन्त्रण गर्न असमर्थ भएको बताए। दक्षिण अमेरिकी देशमा यो दुर्घटनालाई यस वर्ष अहिलेसम्म रिपोर्ट गरिएको सबैभन्दा गम्भीर सडक दुर्घटना मानिएको छ । घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर छ।
गत महिना पोटोसी नजिकै बस सडकबाट खस्दा १९ जनाको मृत्यु भएको थियो। सरकारी तथ्यांकअनुसार लगभग एक करोड २० लाख बासिन्दा भएको देशमा सडक दुर्घटनाले प्रत्येक वर्ष औसत १,४०० जनाको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया