February 23, 2025, 9:22 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

सपथ खाएर झुटो बोलेको भन्दै सिंगापुरका सांसदलाइ १४००० डलर जरिवाना

फाल्गुन ६, २०८१ मा प्रकाशित | २६०दर्शक तीव्रखबर

सिङ्गापुरका विपक्षी नेता प्रीतम सिंहलाई झुटो बोलेको आरोपमा दोषी ठहर गरेको छ ।

संसदीय समितिमा शपथ ग्रहण गरेर पनि झुटो बोलेको भन्दै उनलाइ दोषी ठहर गर्दै जरिवाना गरिएको हो । यसका लागि उनलाई १४ हजार सिंगापुर डलर जरिवाना गरिएको छ ।

तर, सिंगापुरका भारतीय मूलका सांसद जेल र अझ कडा जरिवानाबाट बच्न सफल भएका छन । सिङ्गापुरको संविधानमा वर्तमान सांसद रहेसम्म कम्तिमा एक वर्ष जेल वा कम्तिमा १० हजार डलर जरिवाना हुन सक्ने उल्लेख छ। त्यसपछि प्रमाणित भएमा उनले आफ्नो सीट गुमाउने छन् भने बाँकी जीवनमा चुनाव लड्न पनि अयोग्य हुनेछन् । त्यसैले सिंगापुरका सांसदहरू यो कठोर सजायबाट जोगिनका लागि कमै मात्रै झुट बोल्छन् ।

सिंगापुरको निर्वाचन विभागले सिंहलाई लगाइएको सजायले उनलाई सांसदको रूपमा अयोग्य ठहराउने स्तरमा नपुगेको भने जनाएको छ । अब उनी अर्को चुनाव लड्न सक्छन् । ४८ वर्षीय सिंहलाई वर्कर्स पार्टीका पूर्व सांसद रईस खानको आचरणको छानबिन गर्ने संसदीय समितिको अगाडि झुटा बयानको आरोपमा दोषी ठहर गरिएको थियो ।

जसले यौन दुर्व्यवहार पीडितलाई प्रहरी चौकीमा साथ दिने झुटो बयान दिन लगाएको स्वीकार गरेका थिए, जसको चार महिनाअघि नै सुनुवाइ सुरु भएको थियो । संसारभरका संसदहरूमा झूट बोल्ने विभिन्न नियम र परिणामहरू छन्। सामान्यतया हरेक देशको संसदले यसलाई गम्भीर विषय मान्ने गरेका छन्।

प्रतिक्रिया