February 23, 2025, 8:55 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बैंकक प्रस्थान

फाल्गुन ५, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौं,  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् । सोमबार बिहान उनी निजी भ्रमणका क्रममा बैंकक प्रस्थान गरेकी हुन् ।
भण्डारी सोमबार बिहान ११ बजे नेपाल वायुसेवाको उडानमा बैंकक प्रस्थान गरेकी हुन् । उनको भ्रमणको उद्देश्यबारे केही सार्वजनिक भएको छैन ।
राष्ट्रपतिको सात वर्षे कार्यकाल बिताएर फर्केकी भण्डारी पहिलोपल्ट विदेश भ्रमणमा निस्किएकी हुन् । एमालेको सक्रिय राजनीतिमा आउने चर्चा भइरहेका बेला भण्डारीको विेदश भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया