February 23, 2025, 8:37 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

एमाले काँग्रेसको बुई चढेर हिंड्न बाध्य छ : झलनाथ खनाल

फाल्गुन ४, २०८१ मा प्रकाशित | ३९०दर्शक तीव्रखबर

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले नेपाली काँग्रेसको बुई चढेर हिँड्नुपर्ने बाध्यतामा रहेको टिप्पणी गर्नुभएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुख्य प्रतिद्वन्दी भए पनि त्यहि पार्टीलाई खुसि बनाएर सत्ता टिकाउनुपर्ने बाध्यतामा एमाले रहेको बताउनुभएको हो । उहाँले विगतमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले समेत त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुनेमा जोड दिनुभयो ।

‘अहिले नेकपा एमालेको नेतृत्वलाई हेर्नुस् त । एमालेको आखिर मुख्य प्रतिद्वन्दी को हो ? काँग्रेस नै हो । तर, काँग्रेसको बुईमा चढेर हिँड्न बाध्य छ’, पूर्वप्रधानमन्त्री खनालले थप्नुभयो, ‘हिजो माओवादीले पनि त्यही गर्यो । हामी पनि त्यसैतिर लागिरहेका छौँ । अब त हामीले सिक्यौँ कि जस्तो लागेको छ ।’

अब पुरानो गल्तीबाट पाठ सिकेर क्रान्तिकारी बाटो र अडानका साथ अगाडि बढ्न जरुरी रहेको बताउँदै उहाँले बल्ल समाजवादको आधार निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । समाजवादको आधारशिला आफ्नो पार्टीले  तयार गर्ने दाबी पनि गर्नुभयो ।

खनालले संगठन निर्माण गर्ने कुरालाई ध्यान दिन नसके संघर्ष अघि बढाउन अफ्ठ्यारो पर्ने बताउनुभयो ।

प्रतिक्रिया