February 23, 2025, 8:28 am
» पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing

उभिन नसकेपछि प्रधानमन्त्री ओलीलाई कुर्सीमा बसाइयो

फाल्गुन ४, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुर्सीमा बसाइएको छ । शुरुमा रोष्टममा उभिएर जवाफ दिनुभएका उहाँले उभिन नसक्ने भनेपछि कुर्सी व्यवस्थापन गरिएको  हो ।

सांसद प्रभु हजाराले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले कुर्सि माग्दै भन्नुभयो, ‘सम्माननीय सभामुख महोदय ! मलाई खुट्टामा अलिकति थोरै समस्या छ । कुर्सी प्रयोग गर्ने गरिएकै छ ।’ लगत्तै संसद सचिवालयका कर्मचारीले कुर्सीको व्यवस्था गरिदिए ।

त्यसपछि रोष्टममै कुर्सीमा बस्नुभएका प्रधानमन्त्री ओलीले जवाफ दिने क्रमलाई निरन्तरता दिनुभएको छ । यसअघि पनि संसद बैठकमा ओलीले बसेर बोल्ने गर्नुभएको थियो ।

प्रतिक्रिया