February 23, 2025, 9:26 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

सरकारले शहीदमार्गको रकम कटौती गरेकामा वर्षमानको आपत्ति

फाल्गुन ४, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडौं– पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका सांसद वर्षमान पुन अनन्तले शहीदमार्गको घोराही-रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्न विनियोजन गरिएको बजेट सरकारले कटौती गरेकामा आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा बैठकमा आइतबार शून्य समयमा बोल्दै पुनले उक्त सडक खण्डका लागि छुट्टाइएको १ अर्ब २५ करोडमध्ये ६८ करोड रकमान्तर गरिएको बताए ।

पुनले सिमेन्ट उद्योगका टिपरका कारण सडकको अवस्था बिग्रिँदा दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको बताए ।

‘चालु आर्थिक वर्ष ०८१/०८२ मा शहीद मार्गको घोराही-रोल्पा खण्डको ३१ किलोमिटर सडक कालोपत्रे गर्नका लागि १ अर्ब २५ करोड रुपैयाँ रकमको व्यवस्था गरिएको थियो । हालै नयाँ सरकार गठन भएपछि सो रकमबाट ६८ करोड रकमान्तर गरिएको छ ।

सो खण्डको तुरुन्त ठेक्का लगाउन सरकारको ध्यानाकर्षण गराउँछु’, पुनले भने,‘ त्यसै गरी दाङ, रोल्पा र रुकुम क्षेत्रका जनताको आवागमन असाध्यै कष्टकर भइरहेको छ । सिमेन्ट कारखानाले सञ्चालन गरेका टिपरका कारण बाटो बिग्रिएको छ ।’

सडकको अवस्था बिग्रिएको विषयमा सरकारको ध्यान किन नगएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया