सवारी साधन बेच्ने कम्पनीको ‘बिना अनुमति अफर र उपहार’ योजना

- September 9, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । सरकारले विद्यमान ऐननै सार्वजनिक गरि विना अनुमति कुनै पनि चिठ्ठा, उपहार र विशेष अफरका योजना गर्नमा रोक लगाएपनि व्यापारी तथा उद्यगीहरुले भने सो ऐनलाई लत्याउदै खुला रुपमा उपभोक्ता ठगी गर्दै आएका छन् । देशमा अफै पनि कोरोना भाइरसको सक्रमण रहेकै अबस्थामा विभिन्न सवारी सधान बिक्री वितरण गर्ने कम्पनीहरुले आफुखुशी विभिन्न अफरको योजान सार्वजनिक गरी सरकारलाई चुनौती दिदै उपभोक्तालाई लुट्न व्यस्त भएको पाईको छ ।

सरकारले विद्यमान मुलुली ऐन अनुसार दर्ता भएका कम्पनी, संघ/सस्थाले उपहार तथा चिठ्ठाको बम्पर योजना तथा सो प्रकारका कार्यक्रम गर्नुपुर्व सम्बन्धित निकायबाट अनुमति नलिई सञ्चालन गर्न गराउन नपाईने भनि उल्लेख गरिएको छ । तर यहाँ सरकारको सम्बन्ति निकायबाट विना अनुमति चाडपर्वलाई लक्षित गर्दै अबैधरुपमा अफरहरु चलाउदै आएको छ । यसैक्रममा नेपालीहरुका सबैभन्दा ठूला पर्व दशै–तिहारको चहलपहल नजिकिदै जादाँ उपभोक्तालाई भ्रामक विज्ञापनमा भुलाएर ठगीधन्दा चलाउदै आएका केही सवारी साधान बिक्री गर्ने कम्पनीहरुले खुला रुपमा अफर योजना सार्वजनिक गरेका छन् ।

केही व्यवसायीहरुले उपभोक्तालाई लोभ्याउने विभिन्न भ्रामक अफर र योजना ल्याएका छन् । दशैं–तिहारमा नेपालीहरुले मन नै लोभ्याउने गरि भ्रामक विज्ञापन गरेर आफ्नो अबैधधन्दा समेत खुला रुपमा सञ्चालन गर्दै आएपनि सरकारले भने सो बारे कुनै चासो दिएको छैन । चाडपर्वको समयमा बढीमात्रमा उपभोक्तालाई भ्रममा पारी ठगी गर्नेमा नेपाली अटोमोबाइल क्षेत्रका कम्पनी सञ्चालकहरु रहेका छन् । ग्राहकलाई आफुतिर आकर्षित गर्न विभिन्न ब्राण्डहरुबीच चर्को प्रतिस्पर्धाका साथै भ्राकम अफर चलाउदै आएका छन् ।

पछिल्लो समयमा त्यस्ता भ्रामक अफरको विज्ञापन गरि उपभोक्ता लुट्नेमा २ पांग्रे सवारीसाधन बिक्रेताहरुको कम्पनी रहेका छन् । यही मौका र नजिकिँदै गरेको दशैं तिहार, छठलगायतका चाडपर्वलाई मध्यनजर गर्दै अटो व्यवसायीहरुले २ पांग्रे सवारीसाधनमा विभिन्न प्रकारका छुट अफरहरु भन्दै विद्यमान ऐनलाई लत्याउदै आएको छ । यसरी भ्रमाक विज्ञापन गरि उपभोक्तामाथी खुला लुट मञ्चाउनेमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड पहिलो नम्बरमा आएको छ । सो कम्पनीले विना अनुमपत ‘बजाज खुसीको ३ डोज’ नामक योजना सार्वजनिक गरेको छ । सो कम्पनीले ग्राहकका लागि रोमाञ्चक योजना र अफरहरू ल्याउँदै भन्दै भ्रम सृजना गरेको छ ।

बजाजको सो योजना अनुसार ग्राहकहरूले यस अफरअन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्नेबेलामा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्ने भन्दै झुटो प्रचार गरेको छ । उपभोक्ताहरुले मोटरसाइकलको खरिदको दौरानमा १ लाखसम्मको नगद मूल्य प्राप्त गर्ने भन्दै भ्रम छरेको छ । यससंगै यामाहा कम्पनीले आफ्नो कम्पनीका मोटरसाइकलको खरिद गर्दा १२ तोलासम्म सुन उपहार दिने योजना सार्वजनिक गरेको छ ।

यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दसैँरतिहारलाई लक्ष्यित गरी विना अनुमति १२ तोल सुन दिने अफर गैरकानुनी नैभएको छ । यससंगै फेस्टिभल सिजनमा यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म स्योर सट छुट पाउनेभन्दै भ्रामक प्रचार गरेको छ । लक्की ड्रमार्फत हरेक हप्ता एकजना भाग्यशाली विजेताले ४ तोला सुनको एक्का तास उपहारस्वरुप दिने समेत जनाएको छ ।

बम्परमा भने एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउने भन्दै भ्रम सृजना गरेको छ । यसैगरी, नेपालका लागि हिरोको आधिकारिक बिक्रेता जेनरल मार्केटिङले पनि विना अनुमति चाडपर्व अफर ल्याएको छ । सो कम्पनीले हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार पक्का डिस्काउन्ट पाउने भन्दै प्रचार गरेको छ । सुजुकी मोटरसाइकलको आधिकारीक विक्रेता भिजि अटोमोबाइल्स नामक कम्पनीले पनि सरकारी ऐन विरुद्ध ‘दशैं आयो उमंग छायो क्यासब्याको साथै बम्पर पायो’ नामक भ्रमक उपहार योजना ल्याएको छ । टीभीएसका लागि नेपाली बिक्रेता शंकर ग्रुपको जगदम्बा मोर्टर्सले पनि सरकारसंग अनुमति नलिई दशैँ, तिहार र छठ पर्व लक्षित उपहार योजना सार्वजनिक गरेको छ ।

सो कम्पनीले ‘टीभीएस ६ प्राइजको सरप्राइज’ योजना नारासहितको उपहार योजना ल्याएको छ । टीभीएसका बाइक तथा स्कुटर किन्नेले ६ पटकसम्म उपहार जित्ने भन्दै भ्रामक प्रचार गरेको छ । सो कम्पनीले टीभीएसका कुनै पनि सवारी साधन खरिद गर्नेले १० लाख रुपैयाँ नगददेखि दैनिक रियलमी सी २० स्मार्टफोन पाउने भन्दै उपभोक्तालाई भ्रममा पारेको छ ।  नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एस एलआर टेक्नो एन्ड ट्रेडले दशैँ, तिहार र छठलाई मध्यनजर गरी ‘पर्व खुसीको, पर्व विश्वासको’ नामक भ्रामक अफर ल्याएको छ । उक्त अफर अन्तर्गत मोटरहेडका कुनै पनि मोटरसाइकल सीधै नगदमा खरिद गर्दा १२ हजार र फाइनान्स गरी खरिद गर्दा ८ हजार रुपैयाँ छुट पाइने भन्दै प्रचार गरेको छ ।

इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले पनि विना अनुमति दशैं, तिहार र छठको अवसर पारेर थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको छ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न भनेको छ । यसरी विना अनुमति ल्याइएको यस्ता योजना र अफरबाट उपभोक्ता ठगीदै आएका छन् । भने सरकारी ढुकुटीमा जम्मा हुने कर राजश्व समेत छली गर्दै आएको भेटिएको छ ।

यसैगरी, मापदण्ड विपरितको गाडी बिक्री गर्दै आएको नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पनि विना अनुमति ‘ह्युन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ । सो योजनामा ग्राहकले हरेक ह्युन्डाई गाडीको खरिदमा लक्की ड्रमार्फत एकजनालाई बम्पर उपहारमा नयाँ ह्युडाई आई २० गाडी, ३ लाख रुपैयाँसम्मको नगद छुट दिने भन्दै भ्रामक प्रचार गर्दै आएको छ । सो कम्पनीले मापदण्ड विपरितका गाडी बिक्रीकैलागि रचेको यो नयाँ योजनामा थप स्क्रयाच कार्डमार्फत १ लाख, निस्शुल्क १ वर्षसम्मको बीमा र सडक कर (चालु आव) समेत प्राप्त गर्न सक्नेभन्दै भ्रम छर्दै आएको छ । सो सम्बन्धमा सरकारी निकायले बेलैमा अनुसन्धान र अनुगमन नगरेको खण्डमा यो अबैधधन्दाले उग्ररुप लिनेमा दुईमत छैन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!