February 24, 2025, 4:41 am
» शंकर पोखरेलको चिन्ता- सोसल मिडियामा घृणा, आक्रोश र गालिगलौचको अपसंस्कृति भित्रियो » रुस–युक्रेन युद्ध सुरू भएको आज तीन वर्ष पूरा » लमजुङमा भूकम्पको धक्का महसुस » सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै

भारतीय थानाबाट नेपाली गाँजा तस्कर फरार, चौकीदार निलम्बित

फाल्गुन २, २०८१ मा प्रकाशित | ५३०दर्शक तीव्रखबर

सञ्जय मिश्रा

रौतहट – रौतहट र बाराको सिमानासँग जोडिएको भारत बिहार मोतीहारी जिल्ला झरौखर थानाको नियन्त्रणबाट एक जना नेपाली गाँजा तस्कर फरार भएका छन्।
भारतीय नम्बरको गाडीमा ४३ किलो लागुऔषध गाँजासहित पक्राउ परेका रौतहट मौलापुर नगरपालिका पिपरिया गाउँका २५ वर्षीय लक्षमी नारायण साह शुक्रबार बिहान फरार भएका हुन्।
बिहान ६ बजे  शौच गराउन झरौखर थाना छेउको चौरमा लागिएकोमा चौकीदार र प्रहरीलाई झुक्याएर नेपाली सीमातर्फ भागेको भारतीय प्रहरीले जनाएको छ।
झरौखर थानाबाट नेपाली सिमाना दशगज्जा बढीमा पाँच सय मिटर टाढा पर्दछ। उनी भागेपछि थानाका चौकीदार राम औतारलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय मोतिहारीले जनाएको छ।
मोतीहारीका एसपी सुवर्ण प्रभातका अनुसार बिना हतकडीसहित शौच गराउन लागेका  चौकीदार राम औतारलाई तत्काल निलम्बन गरी रक्सौलका डिएसपी धीरेन्द्र कुमारको टोलीले घटनाको अनुसन्धान सुरू गरेको छ।
साहमाथि झरौखर थानामा एफआइआर तत्काल दर्ता गरिएको एसपी प्रभातले जानकारी दिएका छन्। यस्तो एफआइआर मुद्दामा अदालतबाट जमानत नपाइने व्यवस्था रहेको उनले जानकारी दिएका छन्।
बिआर १ पिबी ०१११ नम्बरको कारमा ४३ किलो गाँजा भारततर्फ लागिरहेकोमा बिहीबार झरौखर चौकस्थित भारतीय सीमा सुरक्षा बल एसएसबीले बरामद गरेको थियो।
चौकीदार निलम्बन भएपछि स्थानीयले झरौखर थाना प्रमुख सई अभय कुमार सिंह पनि दोषी रहेको भन्दै उनको पनि निलम्बन हुनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया