October 18, 2024, 6:25 am
» आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै » विपक्षी दलको बैठकबाट राजेन्द्र लिङ्देन र प्रभु साह बाहिरिए » विकास बैंकहरूको चुक्ता पुँजी ४२ अर्ब नाघ्यो » ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग » इजरेलले कसरी हमासका नेता याह्या सिन्वारलाई भेट्यो र मार्‍यो ?

धादिङको थाक्रेमा तीन चितुवा मृत फेला

साउन ११, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौँ : धादिङमा आज तीनवटा चितुवा मृत फेला परेको छ। जिल्लाको थाक्रे गाउँपालिका-१० केवलपुरमा ३ वटा चितुवा मृत फेला परेको प्रहरीले जनाएको छ।

दुई वटा एकै ठाउँमा र एक वटा छुट्टै गरी स्थानीयले तीन वटा चितुवा मृतावस्थामा फेला पारेका हुन्। चितुवा के कारणले मरेको भन्नेबारेमा यकिन नभएको र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

गढीस्थित अदुवाबारीमा दुईवटा र मकैबारीमा एकवटा चितुवा मृत अवस्थामा भेटिएको हो। घाँस काट्न गएका वेला स्थानीयले देखेर खबर गरेका वडा नम्बर १० का वडाध्यक्ष गोकुल लामिछानेले जानकारी दिए।

प्रतिक्रिया