February 23, 2025, 9:15 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

सानदार मःमः पसलमा ग्याँस विस्फोट हुँदा मृत्यु हुने तीन पुगे

फाल्गुन २, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काठमाडौं । कमलपोखरीस्थित सानदार मःमः पसलमा ग्यास सिलिन्डर विस्फोटमा मृत्यु हुने तीनजना पुगेका छन् । शुक्रबार घाइते थप एकजनाको मृत्यु भएको अभियन्ता उज्ज्वलविक्रम थापाले जानकारी दिएका छन् । अझै आठजनाको स्वास्थ्य अवस्था जटिल रहेको उनको भनाइ छ ।
गत माघ २४ गते ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए । जसमध्ये ११ जनालाई अस्पताल लगिएको र तीनजना सामान्य घाइते भएका थिए । दुईजनाको यसअघि नै मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विस्फोट हुँदा घाइते सबैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरु मःमः पसलकै कामदार हुन् ।

प्रतिक्रिया