February 23, 2025, 9:47 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

दिल्लीका नयाँ मुख्यमन्त्रीले १९ वा २० फेब्रुअरीमा शपथ लिने

फाल्गुन २, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं । भारतको नयाँ दिल्लीमा आगामी १९ वा २० फेब्रुअरीमा मात्र को नयाँ मुख्यमन्त्री बन्ने भन्ने टुंगो लाग्ने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएपछि गृहमन्त्री अमित शाह, जेपी नड्डालगायत भाजपाका शीर्ष नेतासँग बसेर छलफल गरेपछि मात्र नयाँ मुख्यमन्त्रीको अनुहार सार्वजनिक हुने बताइएको छ ।
हालै सम्पन्न विधान सभा निर्वाचनमा भाजपाले ४८ सिट जितेको थियो । १५ जना विधायकको नाम सरकारमा सामेल हुने गरी सर्टलिस्ट गरिएको थियो। तीमध्ये नौजनाको नाम छनोट गर्दै मुख्यमन्त्री, मन्त्री र सभामुखको नाम तय गरिएको छ ।
भारतीय प्रधानमन्त्री मोदी शुक्रबार राति अमेरिका र फ्रान्स भ्रमणबाट भारत फर्कदैछन्, त्यसपछि सरकार गठनको अभ्यास तीव्र हुनेछ। दिल्ली विधानसभा चुनावमा भाजपाले दुई तिहाइ बहुमत हासिल गरेको छ । एक दशकपछि भाजपाले आम आदमी पार्टीलाई सत्ताबाट बाहिर निकालेको छ।
दिल्लीमा भाजपाले मुख्यमन्त्री पदको लागि अनुहार घोषणा नगरी चुनाव लडेको थियो। दिल्लीको मुख्यमन्त्रीमा प्रवेश बर्मा, बाँसुरी स्वराज, स्मृति इरानी, मनोज तिवारीलगायत मुख्यमन्त्रीको दाबेदार मानिएका छन् ।

प्रतिक्रिया