गोर्खा ब्रुअरी र चौधरी ग्रुपलाई कर छलीमा उन्मुक्ति !!!

- August 22, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एक आर्थिक वर्षमै १ अर्बभन्दाबढी कर छली,

रोशन कार्की
काठमाडौं । आफुलाई उच्च घरानीया कम्पनीको हुँकार गर्दै आएको चौधरी ग्रुप र गोर्खा ब्रुअरीलाई सरकारकै कारण करछली गर्नमा सहयोग पुगेको प्रमाणहरु फेला परेको छ । उच्च घरानीया कम्पनीको सञ्चालक भएको भन्दै शक्ति र पैसाकै आँडमा सो कम्पनीका सञ्चालकबाट अर्बौं रुपैयाँ एक आर्थिक वर्षमा कर छली हुदै आएपनि सो बारे सरकारी मातहतको निकायले छानविन र अनुसन्धान समेत नगर्दा कर छलीमा नियन्त्रणभन्दा पनि झन बृद्धि हुदै गएको छ ।

नक्कली मुल्यअभिबृद्धि कर (भ्याट) बीलमार्फत आर्थिक कारोबार गरेर चौधरी ग्रुपले १० अर्ब रुपैयाँभन्दा बढी राजश्व छली गरेको राजश्व न्यायाधिशको कार्यालयले फैसला गर्दा पनि सम्बन्धित सरकारी निकायले असुली नगर्दा अबैध कृयाकलाप गर्नमा थप सहयोग पुगेको छ । यहाँ चौधरी गु्रपको कम्पनी स्थापनाकाल देखिनै कर राजश्व छली गर्दै आउनमा अर्थमन्त्रालयकै सचिबदेखिकै सहयोग रहेको समेत आरोप सोही मन्त्रालयका एक कर्मचारीले गोप्य रुपमा बताएका छन् ।

यहाँ शक्ति र पैसाकै आँडमा कर छली गर्र्नेमा चौधरी ग्रुपपछि खेतान समुह पनि पछिल्लो समयमा अग्रपक्तिमै परेको छ । सो समुहले सवैभन्दा बढी कर छली गोर्खा बु्रअरी कम्पनीबाट गरेको भेटिएको छ । बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीले नियम विपरित बढी जर्ती कटाएर १ अर्ब रुपैयाँभन्दा बढी राजस्व छलेको पाइएको छ । सो कर छली गरेको महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा समेत उल्लेख गरिएको छ ।

ठूला करदाता कार्यालय अन्तर्गतको बियर उत्पादक कम्पनीले जर्ती बढी कटाएर कल छल्दै आएको छ । ठूला करदाता कार्यालय अन्तर्गतको बियर उत्पादक कम्पनीले २ प्रतिशतसम्म जर्ती दाबी गर्न पाउने नियम विपरित कम्पनीले १ प्रतिशत बिन्दुले बढी लिदै आएको छ । गोर्खा ब्रुअरीले टुबर्ग, काल्सबर्ग तथा गोर्खा ब्राण्डमा बियर उत्पादन गदै आएको छ ।

सो कम्पनीको बियर बजारमा ५० प्रतिशतको हिस्सा ओकटेको दाबी सोही कम्पनीले गर्दै आएको छ ।  गोर्खा ब्रुअरीले नियम विपरित ५९ लाख ७६ हजार लिटिर बियरमा बढी जर्ती दाबी गरेर अन्तःशुल्क छली गरेको छ । ब्रुअरीले आर्थिक वर्ष २०७३/२०७४ देखि २०७५/२०७६ सम्म १ प्रतिशत बिन्दुले बढी लिएर ९२ करोड रुपैयाँभन्दा बढी कर छली गरेको छ ।

कर कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई अन्तःशुल्कको रकम नतिर्न उच्च अदालत पोखरामा मुद्दा दायर गरेका थियो । उच्च अदालत पोखराले गोर्खा ब्रुअरीको पक्षमा फैसला गरेपनि सर्बोच्च अदालतले सो फैसला उल्टाएको थियो ।  भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयले गोर्खा बु्रअरीलाई दुई आर्थिक वर्षको गरेर ८८ करोड ११ लाख रुपैयाँ कर निर्धारण गरेको थियो । गोर्खा ब्रुअरीले विगत ५ वर्षदेखि कर छलेको छ । ब्रुअरीले डेढ अर्ब रुपैयाँभन्दा बढी कर तिर्नुपर्ने कर कार्यालयले गरेको अनुसन्धानले देखाएको छ । सो कम्पनीका मालिक राजेन्द्र खेतान भने प्रहरीको फरार सुचीमा रहेका व्यक्ति हुन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!