February 24, 2025, 7:15 am
» ब्यारेकमै मृत भेटिएकी सशस्त्रकी इन्स्पेक्टर महतको घटना छानबिन गर्न समिति गठन » युएसएडका ४२ सय कर्मचारीलाई बिदा, १६ सयभन्दा बढी बर्खास्त » पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी

अमेरिका पठाइदिने भन्दै २१ लाख ठगी, दुई जना पक्राउ

फाल्गुन १, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

काठमाडौं – वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिरहा नगरपालिका-८ घर भई हाल काठमाडौं-३२ तीनकुने बस्ने ३३ वर्षीय रमेशकुमार ठाकुर र धनुषा विदेह नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने २९ वर्षीय विशाल ठाकुर रहेका छन्।
दुबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौं-३२ कोटेश्वरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
अमेरिका पठाइदिने बहानामा दुई जना व्यक्तिबाट २१ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको आचार्यले बताए।
‘आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका लैजाने भन्दै रकम लिएर लामो समयसम्म झुक्यानमा पारी सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए,’ आचार्यले भने।
पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको आचार्यले बताए।

प्रतिक्रिया