कोरोना खोपमा चौधरी ग्रुपको बदमासी : ‘चौधरी टावर’ बाट नाडा सदस्यमाथी फोन आतंक

- August 18, 2021 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । अस्थिर सरकारकै कारण र शक्तिका साथै पैसाको आँडमा सरकारी जग्गा अतिक्रमण गर्दै आएको चौधरी ग्रुपले पछिल्लो समय सार्वजनिक संस्था समेत आप्mनो नियन्त्रणमा लिनका लागि अबैध हर्कत गरेको प्रमाण फेला परेको छ । लामो समयदेखि नेपालमा बस्दै आएको भारतको राजस्थान स्थायी ठेगाना भएको चौधरी ग्रुपका बिनोद, बसन्त र अरुण चौधरीले सरकारलाई बुझाउनु पर्र्ने कर राजश्व समेत छली गर्दै आएको सो समुहले पछिल्लो समयमा संघसस्था समेत आफ्नो नियन्त्रणमा लिने हर्कतहरु गर्दै आएको छ ।

तत्कालिन समयमा ‘नेपाल उद्योग वाणिज्य महासंघ’ को दोस्रो कार्यकालमा पनि अध्यक्ष बन्नकालागि चुनाबमा गएका बिनोद चौधरीले हारे लगत्तै महासंघको समान्तर संस्था ‘नेपाल उद्योग परिसंघ’ स्थापना गरेर अध्यक्ष भई अबैध गतिविधि गर्दै आएको थियो । पछिल्लो समयमा चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली काँग्रेसको मधेशी कोटाबाट समानुपातिक तर्फको संघिय सभाको सदस्य समेत रहेका बिनोद चौधरीकै योजनामा आफ्ना भतिजाहरुलाई अगाडी सारी संघसंस्था समेत कव्जामा लिने अबैध हर्कत गर्न थालेको पाइएको छ ।

सोही क्रममा सवारी साधनहरुको बिक्री वितरण गर्ने व्यवसायी उद्योगीहरुको साँझा सस्था अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) लाई चौधरी ग्रुपले आफ्नो नियन्त्रणमा लिन हदै सम्मको हर्कत समेत गरेको प्रमाण तीव्रखबर मिडिया ग्रुपको कार्यालयमा प्राप्त भएका छन् । सोही प्रमाण अनुसार नाडाको राष्ट्रिय अधिवेशन नजिकिदै गर्दा सो संस्थाको अध्यक्षमा जित्नकैलागि सरकारले उपलव्ध गराएको कोरोना भाइरसको खोप समेत चौधरी ग्रुपले नै उपलव्ध गराएको झै भ्रामक प्रचार गरी सदस्यहरुलाई फोन गरेर विद्यमान ऐनलाई समेत लत्याएको पाइएको छ ।

नाडाको यही भदौं अन्तिम साता काठमाडौंमा अधिबेशन गरिने तय भएपनि सो मितिमा भने अधिबेशन नहुने भएको छ । तरपनि नाडाले संस्थागत रुपमै सरकारसंग नाडाअन्तर्गतका फ्रन्ट लाइनमा बसेर काम गर्ने ब्यवसायी तथा तिनिहरुका कर्मचारीहरुका लागि भनेर कोरोनाको खोप उपलव्ध गराउन माग गरेको थियो । सो संस्थाले २०७८ साउन २७ गते चलानी नम्बर २०७८/८९ पत्रसंख्या १० को पत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरेको थियो । सो पत्रका अनुसार मन्त्रालयले साउन २८ गते २११ नम्बरमा सदर गरि संस्थाको नाममा सरकारले निःशुल्क खोप उपलव्ध गराउने निर्णय गरि सम्बन्धित निकायलाई निर्देशन समेत दिई सकेको छ ।

तर सरकारले संस्थाका नाममा निःशुल्क उपलव्ध गराउने खोपलाई चौधरी ग्रुप अन्नतर गत रहेको ‘चौधरी टावरको ०१५५४५९३’ बाट नाडाका सदस्यहरुलाई करण चौधरीले खोपको व्यवस्था गरेकाले सो खोप लगाउनकालागि कर्मचारीहरुको विवरण पठाउन भन्दै भ्रामक फोन गरेको रेकर्डमा भेटिएको छ । सो चौधरी टावरको नाममा रहेको सो फोनबाट करण चौधरी तथा प्राइभेट कम्पनीले आफ्नो ब्यक्तिगत फाइदाको निमित्त (नाडाको आउँदो निर्वाचनमा भोटको लागि) त्यसलाई दुरुपयोग गरेर नाडाको आगामी निर्बाचनलाई आफ्नो पक्षमा पार्नको लागि प्रयोग गरेको पाइएको ठहर समेत सदस्यहरुले गरेका छन् ।

उक्त खोप लगाउने व्यावसायी तथा कर्मचारीको नाम टिपाउनको लागि नाडाको सचिवालयबाट फोन जानू पर्नेमा करण चौधरीको अफिसबाट त्यहाँका कर्मचारीले फोन गरेर उनले उक्त खोप उपलब्ध गराउन लागेको भनिएको समेत सदस्यहरुले बताएका छन । नाडाका सदस्य रिद्धि कार्कीले आसन्न संस्थाको चुनावलाई प्रभावित पार्ने उदेश्यले कुनै एक उम्मेदबारको कम्पनीबाट खोपकालागि फोन आउनु चुनावलाई प्रभावित पार्न खोजिएको हामीले बुझेको बताएका छन् । कार्कीले भने,‘अधिबेशनभन्दा अघि सो खोपकालागि उनीहरुले फोन गरेको भए सहज हुने थियो, तर निर्वाचन नजिकीदै जादाँ सरकारले निशुल्क उपलव्ध गराउने खोपलाई कुनै व्यक्तीले उपलव्ध गराएको झै गरि फोन गर्नु विद्यमान ऐन विपरित समेत रहेको र यो निर्वाचनलाई प्रभावित बनाउने नै उदेश्य हो ।’

नाडा केन्द्रीय कार्य समितिको ४५ औं वार्षिक साधारण सभाको अवसर पारेर भदौं २५ गते राष्ट्रिय अधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो । भने सो समयमा अधिबेशन भने नहुने भएको छ । नाडाको कूल ३ हजार ३ सय ६५ जना सदस्य रहेका छन् । २० जना केन्द्रीय कार्य समितिका लागि निर्वाचन हुने व्यबस्था सो संस्थाको विधानमा उल्लेख छ ।

नाडाले अधिबेशन गर्ने भनेसंगै चौधरी ग्रुप अन्तरगतको अरुण चौधरीको कम्पनी ‘सीजी होल्डिङ्स तथा सिजी मोटोकर्प’ का कार्यकारी निर्देशक रहेका करण चौधरीले नाडाको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेसंगै अबैध हर्कतसमेत सदस्यहरुमाथी गर्र्दै आएका छन् । आफैले प्रश्न तयार गरी आफैले उत्तर लेखेर नियोजीत रुपमा एकै पटक मिडियामा रकम खर्च गरि आफ्नो अन्तबार्ता समेत छपाएर समेत भ्रम सृजना गर्दै आएका छन् ।

अटो मोवाइल व्यवसाय सरकारलाई सर्वाधिक कर बुझाउने एवम् निजी क्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय हो तर सरकारलाई सो व्यवसायबाट बुझाउनु पर्ने कर समेत अहिलेसम्म छली गरि नक्कली मुल्यअभिबृकि (भ्याट) बीलबाट कारोबार गर्दै सवैभन्दा बढी करछली गर्ने कम्पनी समेत चौधरीकै रहेको छ । यसरी भोटकैलागि सरकारले उपलव्ध गराएको कोरोनाको खोपलाई चौधरी ग्रुपबाट कुन आधारमा सदस्यहरुको विवरण मागिएको हो भन्ने विषयमा पटकपटक सो कम्पनीमा फोन गर्दा फोन रिसिभ भएन । सो सम्बन्धमा थप विवरणको खोजी कार्य तीव्रखबर डटकमले जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!