डोटी : अमरगढी नगरपालिका-१ स्याउले बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७ सय ८४ ग्राम सहित बझाङ छबिसपाथीभेरा गाउँपालिका-३ बस्ने ७१ वर्षीय चन्द्रदेब जैशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटी समेतबाटखटिएको प्रहरीले ना.७ ख ४०९ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध अफिम ४ किलोग्राम, गाँजा करिब ७ किलो २ सय ग्राम, नगद २० हजार रूपैयाँ र मोबाइल १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका-१३ डमरपुर बस्ने २२ वर्षीय संजय मोक्तान र धादिङ गजुरी गाउँपालिका-३ नाङगी टोल बस्ने २९ वर्षीय सुन बहादुर थिङग रहेका छन् । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.३-०२-००७ प ८२३९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरीबारा,जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषधब्राउनसुगर ४ मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ बाबु चोक बस्ने २५ वर्षीय अनिष बिक र सोही उपमहानगरपालिका-८ कमाने बस्ने २२ वर्षीय दिवाकर दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.३-००६ प ००७६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थकरिब ५ किलोग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-६ गोगने बस्ने २५ वर्षीय भुवन सिंह थिङगलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.३६ प २७१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ,बिराटनगर महानगरपालिका-१७ मटेरूवा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित बेलबारी नगरपालिका-४ बस्ने ३२ वर्षीय बिजय राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५४ प २१३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ नेवारेबाटअवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३७ वर्षीय हिमालय सापकोटा समेत२ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले हिमालयको घर तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कैलाली,धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ६ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-१० बस्ने २१ वर्षीय विवश चौधरी र कञ्चनपुर कृष्णपुर नगरपालिका-७ बस्ने २५ वर्षीय धिरज रानारहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा,बहुदरमाई नगरपालिका-१ बिश्रामपुर टोलबाट अवैध लागूऔषधगाँजा ५ सय ग्राम सहित भारत मोतिहारी ग्राम पंचायत रक्सौल बस्ने २६ वर्षीय राम बाबु माझीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाठाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मकवानपुर,हेटौंडा उपमहानगरपालिका-१५ ड्राईभरडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ कमाने बस्ने २३ वर्षीय निखिल तिमल्सिना र २८ वर्षीय भिमसेन पाण्डे रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौडातर्फ जाँदै गरेको प्र.२-०३-०२१ प ६३०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया