बबरमहलमा खानेपानीको पाइप फुटेपछि कागजातहरु डुबानमा परेको जनाउँदै काठमाडौं जिल्ला अदालतका चार वटा इजलास स्थगित गरिएको छ । आज दिउँसो मेलम्ची खानेपानीको पाइप फुटेपछि आएको बाढीले अदालतको दोस्रो भवनको भुईंतल्ला डुबेको छ ।
उक्त तल्लामा रहेका २६, २७, २८ र २९ नम्बर फाँटका कागजात पानीमा डुबेकाले २६, २७, २८ र २९ नम्बर इजलास अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको हो । अदालतले जारी गरेको सूचनामा ती फाँटबाट प्रवाह हुने सबै सेवा हाललाई रोकिएको छ ।
प्रतिक्रिया