बुटवलस्थित सुप्रिम सहकारी घोटालामा मुछिएका पूर्व डिआइजी तथा रवि लामिछानेका व्यावसायिक साझेदार छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालत रुपेन्देहीको आदेशको कैफियत प्रतिवेदन मागिएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले आज सुनुवाइ गर्दै कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो । सोमबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई मुद्दा पुर्पक्षका लागि कारागारमा राख्न आदेश गरेको थियो ।
त्यसविरुद्ध उनको तर्फबाट छोरा रोचकले दायर गरेको निवेदनमा जिल्लाको आदेश बदरगरी थुनाबाहिरै राखेर मुद्दाको पूर्पक्ष गर्न माग गरिएको छ । जिबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष जोशी र प्रवन्ध निर्देशक रविविरुद्ध एकै अभियोग लगाएर जिल्लामा मुद्दा चलेको थियो । तर, रविलाई भने न्यायाधीश प्रह्लादकुमार योगीले १ करोड धरौटीमा छाड्न आदेश दिएका थिए ।
प्रवन्ध निर्देशकको हैसियतमा सयौँ चेकमा दस्तखत गरी करोडौं रकम परिचालन गरेका रवि धरौटीमा छुट्दा पैसाको हिसावकितावमा प्रत्यक्ष संलग्न नदेखिएका जोशीले भने बाहिर बसेर मुद्दा लड्ने सुविधा नपाएपछि उनी उच्च गएका हुन् ।
प्रतिक्रिया