February 24, 2025, 4:21 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

पर्सामा भारतीय नागरिकको हत्याको आशंका

माघ २९, २०८१ मा प्रकाशित | ४४०दर्शक तीव्रखबर

रौतहट । पर्सा जिल्लाको पश्चिमीभेग ठोरी गाउँपालिकामा एकजना भारतीय नागरिकको हत्या भएको आशंका गरिएको छ।

ठोरी गाउँपालिका -४ बाघमोर्चा पुल नजिकै आज भारतीय पुरुष हत्या गरी फालिएको शंकास्पद अवस्थामा शव भेटिएको हो । गाउँलेहरूले शव हेरेर प्रहरीलाई खबर गरेका थिए ।

मृतक भारतीय नागरिक भारत बिहार पश्चिमी चम्पारणका ५१ वर्षीय राजदेव माझीको रूपमा पहिचान भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालले बताएका छन्।

प्रवक्ता लमसालले मृतकको घाँटीमा सल बेरिएको र दाग देखिएको कारण कसैले हत्या गरेर शवलाई त्यहाँ फालेको हुनसक्ने न्युज कारखाना लाई बताएका छन्। उक्त हत्या कसले र किन गरेको हो पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रवक्ता लम्सालले जानकारी दिएका छन्।

घटनास्थलमा पुगेको प्रहरी टोलीले शवलाई मुचुल्का गरेर पोस्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।-सञ्जय मिश्रा

प्रतिक्रिया