काठमाडौं, : सर्लाही, रामनगर गाउँपालिका-३ रामटोल बस्ने अनुप महराको घरमा विद्युत सर्ट भई सोमबार बेलुकी आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रौतहट, राजदेवी नगरपालिका-६ सेडवा बस्ने २८ वर्षीय मोहन साहको घरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया