February 24, 2025, 4:02 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

प्रहरी कुटने अखिलको नेता पक्राउ नगरेकोमा रास्वपाको आपत्ति

माघ २९, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं,  । डयुटीमा रहेका प्रहरी माथी कुटपिट गर्ने नेकपा एमाले निकट बिधार्थी नेतालाइ पक्राउ नगरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा सो पार्टीका सांसद सांसद शिशिर खनालले गृह मन्त्री रमेश लेखकले आफ्नै प्रहरीलाइ जोगाउन नसकेकोमा पनि रोष प्रकट गरेका छन् ।

‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई पक्रन नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि हिम्मत गरेनछ । त्यो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको रूपमा मलाई त्यहाँका धेरै विद्यार्थीहरूले मेसेज गर्नुभएको छ,’ भन्दै सांसद खनालले गृह मन्त्री लेखक माथी प्रश्न उठाएका छन ।

उनका अनुसार बिधार्थी नेताहरूले फोन तथा एसएमएस गरी प्रहरी कुटने समुहको क्याम्पसको कक्षा कोठामा सधैँ दादागिरी चल्ने गरेको तर, अब पुलिसले पनि आँट नगरे पछि आफुहरू त्रासमा परेकोसमेत सुनाएका छन् ।

अखिल नेता पक्राउ नगर्ने गृह मन्त्री लेखक पदमा बसिरहन उचित नहुनेसमेत खनालको तर्क छ ।

गत माघ २४ मा मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरीलाई एमाले निकट अखिलका स्थायी समिति सदस्य कमल जोशीसहितको समूहले कुटपिट गरेकाे अाराेप लागिरहेकाे छ । तर, अरू पक्राउ पर्दा पनि उनलाइ भने पक्राउ नगरी मुद्दासमेत नचलाइएकाे भन्दै जनमानसमा राेष पैदा भएकाे छ ।

प्रतिक्रिया