February 24, 2025, 4:13 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

विद्युतको तार सर्ट हुँदा आगलागी, लाखौंको क्षति

माघ २९, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

रौतहट – सर्लाही जिल्लामा सोमबार राति विद्युतको तार सर्ट भएर एक घरमा भएको आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ भने पाँच वटा चौपायाको जलेर मृत्यु भएको छ।
स्थानीय रामनगर गाँउपालिका-३ रामटोल बस्ने अनुप महराको कच्ची फुसको घरमा विद्युतको तार सर्ट भई सोमबार राति साढे ७ बजे आगलागी हुँदा घर पूर्णरुपमा जली नष्ट भएको हो। सो क्रममा घरभित्र रहेको बाख्रा-५ वटा जली मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीमा परेर लताकपडा, कागजपत्र, अन्नपात, नगद १० हजारसहित जम्मा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी सर्लाही कार्यालय सर्लाहीले जनाएको छ।
घटनाको खबरलगत्तै प्रहरी चौकी खैर्वा बहुर्वाबाट असई बालकिशोर साहको कमाण्डमा १० जनाको टोलीले प्रहरी र स्थानीयको सहयोगमा एक घन्टाभित्रै आगो पूर्णरूपमा नियन्त्रणमा लिएको सर्लाही प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया