February 23, 2025, 9:25 am
» नेपालमा राजालाई कुनै न कुनै स्पेस दिनुपर्छ : लिङ्देन » पाथीभरामा कानुनअनुसार नै केवलकार निर्माण भइरहेको हो : योगेश भट्टराई » झम्सिखेलमा खुल्यो अर्गानिक तरकारी तथा फलफूल बजार » पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र

सरकारसँग कुरा नमिलेपछि पाथीभरामा केबलकारविरुद्ध फेरि आन्दोलन घोषणा

माघ २८, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं,  । पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् ।

नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

यसअघि माघ २२ गते भएको ६ बुँदे सहमति कार्यान्वयन गर्न सरकार इमान्दार नभएको, वार्ताका लागि न्यूनतम वातावरण बनाउन नसकेको, निर्णायक वार्ता समिति बनाउन इच्छुक नदेखिएको आन्दोलनरत पक्षको आरोप छ ।

माघ २२ गते भएको वार्ताअनुसार माघ २७ गते दुवै पक्षबीच विस्तृत वार्ता गर्ने सहमति भएको थियो ।

सहमति बमोजिम आन्दोलनरत पक्षले मन्त्री वा उच्चस्तरीय टोलीसँगमात्रै वार्ता गर्ने भन्दै हिँडेपछि छलफल भाँडिएको थियो ।

प्रतिक्रिया