February 24, 2025, 6:58 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

कैलालीमा १३ बर्षीया बालिकामाथि सामूहिक बलात्कार २ जना पक्राउ

माघ २८, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

धनगढी– कैलालीको बर्दगोरिया गाउँपालिका–२ झगडपुरमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ ।

२६ गते साँझको समयमा ती बालिका माथि मासुको प्रलोभन देखाएर सामूहिक बलात्कार गरिएको हुन सक्ने प्रहरीको आशंका छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता डीएसपी कवीन्द्र सिंह बोहराका अनुसार पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का ४४ वर्षीय गोपाल बिक र १६ वर्षीय अर्का किशोर रहेका छन् ।

पीडित बालिका स्थानीय विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन् । गोपाल विकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर पसलमा पुगेकी थिइन् । सोही क्रममा उनीहरूलाई पसलको कोठामा लगी जबरजस्तीकरणी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाबारे पीडितकी दिदीले आइतबार साँझ प्रहरीलाई जानकारी गराएको थिइन् । लगत्तै इलाका प्रहरी कार्यालय, बौनियाबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको हो । हाल उनीहरू प्रहरी हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि शुक्रबार मात्र धनगढीमा विद्यालयबाट घर फर्किने क्रममा १४ वर्षीया किशोरीलाई चक्कु देखाएर युवकले जबरजस्तीकरणी गरेका थिए । ती युवक अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया